सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
४५ पटक हेरिएको
Shares
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएको छ ।
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ ।
  • ऐनको प्रारम्भिक मस्यौदा निर्माणको काम भइरहेको मन्त्रालयका प्रवक्ता डा.

२२ जेठ, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ ।

ऐनको प्रारम्भिक मस्यौदा निर्माणको काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ऐनले संघीयतापछि स्वास्थ्य सेवाका कर्मचारीहरूको सेवा सुविधाका सम्बन्धमा प्रष्टता ल्याउने अपेक्षा गरिएको छ । यसैगरी, २०३५ साल पुरानो औषधि ऐनलाई प्रतिस्थापन गर्दै मन्त्री पौडेलले औषधि तथा स्वास्थ्य सामग्री ऐन ल्याउने तयारी अघि बढाएका छन् । औषधिका क्षेत्रमा आएका परिवर्तन र समेट्न नसकेका क्षेत्रलाई नयाँ ऐनमा समावेश गर्ने गरी मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएको छ भने नियमावली तयार भइरहेको छ । लगत्तै कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाउने तयारी मन्त्रालयको छ ।

मन्त्री पौडेलले रामराजाप्रसाद सिंह अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तर गर्ने गरी प्रतिष्ठान ऐन ल्याउने गरी तयारी अघि बढाइरहेका छन् । कानुन मन्त्रालयको राय प्राप्त भए पछि संसद्‍ लैजाने तयारी छ । यसबाहेक सार्वजनिक प्रतिबद्धता अनुसार मन्त्री पौडेलले एकीकृत विकास समिति ऐन, एकीकृत प्रतिष्ठान ऐनको तयारी अघि बढाइरहेका छन् । यसैगरी आमाको दूध प्रतिस्थापन गर्ने वस्तु ऐन २०४९ लाई संसोधनका लागि कानुन मन्त्रालयको राय प्राप्त भए पछि संसद्‍मा लैजाने तयारी छ । मन्त्री पौडेलले प्रत्यायन ऐन, सुर्तीजन्य पदार्थ ऐन २०६८ संसोधन गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयकको काम समेत अघि बढाइरहेका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक समेत आफ्नो पूर्वप्रतिबद्धताअनुसार अघि बढाउन मन्त्री पौडेलले गृहकार्य गरिरहेका छन् । मन्त्री पौडेलले घटदो जनसंख्या तथा बढ्दो चुनौतीको अवस्थालाई सम्बोधन गर्न नयाँ नीति ल्याउने घोषणा गरेका थिए । सोहीअनुसार नयाँ नीति ल्याउने गृहकार्य समेत अन्तिम चरणमा पुगेको छ । संघीयता आएको लामो समयदेखि संसोधन हुन नसकेका तथा नयाँ परिस्थितीमा आवश्यक ऐन कानुनका माध्यमबाट सुशासन दिने लक्ष्यमा मन्त्री पौडेलले काम अघि बढाइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग