२६ जेष्ठ २०८२, आईतवार

अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य

२० जेठ, सर्लाही ।

सर्लाहीको बरहथवा नगरपालिका–१७ स्थित वडा कार्यालय नजिक कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ना.४६ प.२८२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको पुलको दाहिने साइडबाट झन्डै २ देखि ३ मिटर तल खस्दा मोटरसाइकल चालक घनश्याम राय गम्भीर घाइते भएका थिए। मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय रायको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागेको थियो।

दुर्घटना आज बिहान करिब २:५० बजे भएको हो। घाइते रायलाई तत्कालै VENUS HOSPITAL बरहथवामा उपचारका लागि लगिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उनलाई बिहान ४:०० बजे LS न्युरो अस्पताल, बारा लगिएको थियो। तर, उपचारको क्रममा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको कमाण्डमा दुई जना प्रहरीको टोली खटिएको थियो। मोटरसाइकल हाल पनि घटनास्थलमै रहेको छ भने मृतकका आफन्तहरू उपचार प्रक्रिया र अन्य व्यवस्थापनमा संलग्न छन्। उक्त दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मुर्तियाबाट करिब ८ किलोमिटर दक्षिणतर्फ पर्छ। दुर्घटनासम्बन्धी थप विवरण संकलन कार्य जारी रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?