रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
३४ पटक हेरिएको
Shares
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

सारांश

  • जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
  • स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
  • न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् ।

२ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् । यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
युएई पठाइदिन्छु भनी ठगी गर्ने  एक जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन