Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
८३ पटक हेरिएको
Shares
आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

सारांश

  • पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ ।
  • विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो ।
  • त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो ।

१९ जेठ, खोटाङ ।

पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो ।

अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु