बाराका प्र.जि.अ.विरुद्ध किन तातिय सांसद किशान श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
२४ पटक हेरिएको
Shares
बाराका प्र.जि.अ.विरुद्ध किन  तातिय सांसद किशान श्रेष्ठ

सारांश

  • ६ चैत, बारा ।
  • बारा क्षेत्र नम्बर ४ का संघीय सांसद एवम् पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाराका प्रमुख जिल्ला अधिकारीको विरुद्ध संसद र सडकमा चर्को विरोध गर्दै खनिएका छन ।
  • सांसद श्रेष्ठल जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ताको समुहले पशुराम गिरीको घरमा आक्रमण गरेपछि गिरीले बन्दुक पड्काएको घटनालाई लिएर संसद आवाज उठाए ।

अमरेश कुमार पाण्डे ।

६ चैत, बारा । बारा क्षेत्र नम्बर ४ का संघीय सांसद एवम् पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाराका प्रमुख जिल्ला अधिकारीको विरुद्ध संसद र सडकमा चर्को विरोध गर्दै खनिएका छन । सांसद श्रेष्ठल जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ताको समुहले पशुराम गिरीको घरमा आक्रमण गरेपछि गिरीले बन्दुक पड्काएको घटनालाई लिएर संसद आवाज उठाए । उनले घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको भूमिकाको विषयमाथि प्रश्न उठाउदै कठा टिप्पणी गरे । घटनाबारे दुवै पक्षविच छलफल गरेको विषयलाई पञ्चायत शैलीमा जिल्ला चलाएका भन्दै प्रजिअ अधिकारीलाई आरोप समेत लगाए ।

उनले सडकमा मात्र होईन बाराकै जीतपुरमा समेत सोमबार एक कार्यक्रममा बोल्दै प्रजिअ अधिकारी विरुद्ध खनिए । उनी एकाएक यसरी प्रमुख जिल्ला अधिकारीमाथी खनिनु कारण भने अर्कै रहेको प्रजिअ निकट एक स्रोतले बताएको छ । स्रोतका अनुसार होली पर्वको अवसरमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले बजार अनुगमन गर्ने क्रममा गत शुक्रबार जीतपुर बजार क्षेत्रबाट बाख्राको मासुमा खसीको अण्डकोष लगाई बेच्नेलाई पक्राउ गरेका थिए ।

सोही मासु व्यापारीहरुलाई छाड्न सांसद श्रेष्ठले प्रजिअ अधिकारीलाइ दबाब दिएका थिए । तर प्रजिअ अधिकारीले पक्राउ परेकाहरुलाई कानुनी कारवाही गर्ने अडान राखेपछि सांसद श्रेष्ठ एकाएका प्रजिअ विरुद्ध खनिएको प्रशासन कार्यालयको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ