वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

सारांश

  •   चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गर्नुभएको छ ।
  • त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
  • दुई देशबीच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उहाको भनाइ थियो ।

९ जेठ, काठमाडौं । 

चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

दुई देशबीच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उहाको भनाइ थियो ।
मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनस्र्थापना, विपद् जोखिम न्यूनीकरण र मरुभूमि तथा सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधारमा संयुक्त सहकार्य, काठ प्रशोधन, बाँस र बेतका उत्पादनहरू विकास, वन्यजन्तु पालन आदिमा चीनबाट प्राविधिक सहयोगलगायत विषयमा सहकार्यका लागि आग्रह गर्नुभएको थियो । उहाँले नेपालबाट दुईवटा गैँडा हस्तान्तरण गर्ने प्रक्रियालाई अन्तिम रूप दिने कार्य अघि बढेको अवगत गराउनुभयो ।

चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) परिषद्को १३औँ बैठकको अध्यक्षता गर्न शाही चीन भ्रमणमा जानुभएको हो । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो । मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य तथा १३औँ परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रमहरू र १३औँ परिषद् बैठकको नतिजा कार्यान्वयन गर्न तथा सहयोगका थप अवसरहरू खोज्न सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको थियो । सन् १९९७ मा स्थापित अन्तर्राष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी: ओली
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी: ओली
एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल