२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते

 

१० जेठ, सर्लाही ।

सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। शनिबार बिहान १२:१० बजेतिर भएको दुर्घटनामा घाइते भएका २१ वर्षीय मोहमद कैफ मिकरानीलाई उपचारका लागि लस न्युरो अस्पताल, बारामा लगिएको थियो।

तर अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा अर्का घाइते सुमित यादवको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपरलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?