प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने

सारांश

  • बिहान ११ बजेका लागि बोलाइएको बैठकका लागि संघीय संसद् सचिवालयले चारवटा सूची तय गरेको छ।
  • सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने पहिलो सम्भावित कार्यसूची छ।
  • यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गर्नेछन्।

 

१४ वैशाख, काठमाडौँ-

प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकका लागि संघीय संसद् सचिवालयले चारवटा सूची तय गरेको छ। सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने पहिलो सम्भावित कार्यसूची छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गर्नेछन्।

व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।उनले नै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?