हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
५ जेठ, हेटाैंडा ।
मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएकाे डिएसपी श्यामु अर्यालले जानकारी दिए । बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भिषण बाढीले बगाएकाे थियाे । पुलकाे मकवानपुरतर्फकाे भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेकाे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment