जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल

सारांश

  •   नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताउनुभएको छ ।
  • मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालिन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्नुभयो ।
  • “एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ”, उहाँले भन्नुभयो ।

३ जेठ, काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताउनुभएको छ । मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालिन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्नुभयो । “एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ”, उहाँले भन्नुभयो ।

निरंकुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरुलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उहाँको भनाइ थियो । पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतिको सामना गर्दै पार्टी अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । “विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ”, उहाँले भन्नुभयो । मदन भण्डारी र एमालेका तत्कालिन सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पार्टीकार्यको शिलशिलामा पोखराबाट चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद
भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने