कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने

सारांश

  • कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिमा विषयवस्तुबारे कुरा नमिल्दा अझै अन्तिम प्रतिवेदन तयार हुन सकेको छैन।
  • कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन सोमबार नै संसद्‌मा प्रस्तुत गर्ने तयारी थियो।
  • तर, प्रतिवेदन तयार गर्न ढिलाइ भएकाले मंगलबार मात्रै पेश गर्ने छानबिन समितिको तयारी रहेको एक सदस्यले जानकारी दिए।

१९ साउन, काठमाडौं।

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिमा विषयवस्तुबारे कुरा नमिल्दा अझै अन्तिम प्रतिवेदन तयार हुन सकेको छैन। कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन सोमबार नै संसद्‌मा प्रस्तुत गर्ने तयारी थियो। तर, प्रतिवेदन तयार गर्न ढिलाइ भएकाले मंगलबार मात्रै पेश गर्ने छानबिन समितिको तयारी रहेको एक सदस्यले जानकारी दिए।

निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न संसद्ले ७ सदस्यीय समिति बनाएको थियो। उक्त समितिमा रहेका सत्ता पक्षका ४ र विपक्षका ३ सांसद्हरूबीच कतिपय विषयमा कुरा नमिल्दा प्रतिवेदनले अन्तिम रूप पाएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?