सांसद राईको कार्यकालमा स्वर्णलक्ष्मी सहकारीको साढे २ करोड अपचलन
३० वैशाख, काठमाडौं ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ। वैशाख १३ गते काठमाडौँको कपनबाट पक्राउ परेकी सांसदसमेत रहेकी राईविरुद्ध मंगलबार मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना
अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो। राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment