नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
१५ पटक हेरिएको
Shares
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।
  • बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि रू तीन अर्ब ४२ करोड लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
  • नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद जुली कुमारी महतो ९महासेठ०ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।

 ३० वैशाखः  काठमाडौँ, 

उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि रू तीन अर्ब ४२ करोड लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद जुली कुमारी महतो ९महासेठ०ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकामा रोष प्रकट गर्नुभयो । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुन्छ भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह