बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
२४ वैशाख, धनगढी –
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर एक किशोरीको मुत्यु भएको छ। पुर्चौडी नगरपालिका–९ तल्लादेहीकी १४ वर्षीय सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन्।
सिमा बुधबार दिउसो आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी थिइन् । उनको काफलको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारीले जानकारी दिए । उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment