ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ

सारांश

  • मृत्यु हुनेमा ४८ वर्षीय दावा घिसिङ रहेको प्रहरीले जनाएको छ।
  • काठमाडौं गोकणेश्वर आरुवारी घर भएका  घिसिङलाई अत्यधिक मद्यपानको लत छुटाउन भन्दै परिवारले ३ दिनअघि ललितपुरमा रहेको उक्त रिहाव सेन्टरमा लगेका थिए ।
  • घिसिङलाई शनिबार राति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो ।

 

१४ वैशाख, काठमाडौं :

ललितपुरको गोदावरी- ४ बडीखेलस्थित रहेको विश्वास नेपाल रिहाव सेन्टर (सुधार केन्द्र) मा राखिएका एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४८ वर्षीय दावा घिसिङ रहेको प्रहरीले जनाएको छ। काठमाडौं गोकणेश्वर आरुवारी घर भएका  घिसिङलाई अत्यधिक मद्यपानको लत छुटाउन भन्दै परिवारले ३ दिनअघि ललितपुरमा रहेको उक्त रिहाव सेन्टरमा लगेका थिए ।

घिसिङलाई शनिबार राति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार अस्पताल पुर्‍याएर चेकजाच गर्ने क्रममा चिकित्सकले राति ११ बजे उनलाई मृत घोषणा गरेका थिए ।  घिसिङले शनिबार राति अचानक मुखबाट फिज निकालेको तत्काल अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको प्रहरीको भनाइ छ। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भएका घिसिङका आफन्तले भने बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । प्रदशनका क्रममा केहिबेर झडप समेत भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रिहाव सञ्चालक सुजन मर्हजनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी १२ का ४५ वर्षिीय सुजन मर्हजन, सोहि रिहावमा काम गर्ने टिकाथलीका ३४ वर्षीय भास्कर बुढाथोकी, कौसलटार बस्ने ४५ वर्षीय अनुज नेपाल रहेका छन् । अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ