अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
१४ वैशाख, काठमाडौं ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई विदेशीले दिने उपहार घरमा लैजान नपाउने व्यवस्था गर्न माग गरेका छन् । त्यस्ता उपहार संग्रहालय बनाएर राख्न उनले माग गरे । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री-मन्त्रीले सार्वजनिक पद धारण गरेको बेलाका उपहार
घरमा लगेर राख्ने गरेको भन्दै संग्रहालयमा राख्ने व्यवस्था गर्न माग गरेका हुन् । ‘कुनै देशको डिप्लोम्याट आउँदा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई दिएको उपहार घरमा लगिने गरिएको छ । डिप्लोम्टाले दिने सम्पत्ति मन्त्रीको निजी हुन्छ कि देशको सम्पत्ति ? मन्त्री विदेश जाँदा सरकारी कोषबाट दिने, उपहार चाहिँ मन्त्रीले घरमा लाने ?’ सांसद सिंहले भने, ‘विदेशीले दिएका उपहार सबै पूर्वप्रधानमन्त्रीको घरमा भेटिन्छ । यो मानसिक भ्रष्टाचार हो । यसरी विदेशीबाट पाएको उपहार राज्यको हुन्छ, संग्रहालय बनाएर राखौं, भारतमा पनि यस्तै गरिन्छ ।’
Post Comment