दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्याउँछौं – मन्त्री यादव
काठमाडौं –
खानेपानीमन्त्री प्रदीप यादवले मुलुकका दुर्गम तथा पिछडिएका क्षेत्रमा गुणस्तरीय खानेपानी पहुँच पुर्याउने लक्ष्यमा अघि बढेको बताएका छन् । धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट रहेको बताए ।
खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवले बताए । उनले विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन आफू निरन्तर लागिपरेको बताए । मन्त्री यादवले साँगुरीगढी गाउँपालिका–१ र २ वडाका स्थानीयका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment