दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव

सारांश

  • धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट रहेको बताए ।
  • खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।
  • उनले विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन आफू निरन्तर लागिपरेको बताए ।

काठमाडौं –

खानेपानीमन्त्री प्रदीप यादवले मुलुकका दुर्गम तथा पिछडिएका क्षेत्रमा गुणस्तरीय खानेपानी पहुँच पुर्‍याउने लक्ष्यमा अघि बढेको बताएका छन् । धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट रहेको बताए ।

खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवले बताए । उनले विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन आफू निरन्तर लागिपरेको बताए । मन्त्री यादवले साँगुरीगढी गाउँपालिका–१ र २ वडाका स्थानीयका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता
लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु
अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना