काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री
९ वैशाख, काठमाडौं ।
भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।
३० माघ २०८१ मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
Post Comment