बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

८ वैशाख: काठमाडौँ,
इलाममा बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ बस्ने ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार यो घटना वैशाख ५ गते घटेको थियो ।

दुई जनाले मिलेर नाबालिगलाई डरत्रास देखाएर हात बाँधेर कराउन नदिई सामूहिक बलात्कार गरेका थिए । घटनापछि फरार रहेका उनीहरूलाई वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ फुयतप्पाबाट पक्राउ गरिएको नायब उपरीक्षक राईले बताए । उनीहरूलाई जिल्ला अदालत इलामा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment