पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
७९ पटक हेरिएको
Shares
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो

सारांश

  • सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
  • आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।
  • उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।

७ वैशाख, काठमाडौँ ।

सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ । आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।  सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो