तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

सारांश

  • पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ ।
  • कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो ।
  • कोषले असार १ गते एक सूचना प्रकाशन गरी १५ दिनभित्र आफ्नो संरचना आफैं हटाउन निर्देशन दिएको छ ।

 

४ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ ।

कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो । कोषले असार १ गते एक सूचना प्रकाशन गरी १५ दिनभित्र आफ्नो संरचना आफैं हटाउन निर्देशन दिएको छ । तोकिएको सीमाभित्र संरचना नहटाए कोषले आफैं हटाउनेसमेत चेतावनी दिएको छ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार ०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

सोही योजनाअनुसार ०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरेको थियो । कोषका अनुसार ०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको छ । यसअघि अधिग्रहण भएको उक्त क्षेत्र खाली गर्न ०७७ असार २० गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । तर, हालसम्म धनीले संरचना नहटाएपछि कोषले दोस्रो पटक सूचना जारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?