मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु

सारांश

  • मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना स्थालमै मृत्यु भएको हो ।
  • अरु १३ जना यात्रु घाइते भएका हुन् ।

५ वैशाख, हेटौंडा ।

मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना स्थालमै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् । आज विहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटांैडा तर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडीमा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षकी निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सर्लाही बागमती गाउँपालिका वडा नंबर– ७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत अवस्थामा फेला परेको थियो । दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ ।

सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?