सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
४५ पटक हेरिएको
Shares
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

सारांश

  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो ।
  • यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।
  • बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो ।

 

३१ चैत ,लुम्बिनी (मर्चवार), 

धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ । बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो ।

यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको सङ्गमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताउनुभयो । इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध)को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दू र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् । मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । मेलामा स्वास्थ्य शिविर र पिउने पानीको व्यवस्था पनि छ । बौद्ध भिक्षु धम्म सिद्धीले लुम्बिनीमा चैत्र पूर्णिमा मेलाको अनुभवलाई अत्यन्त धार्मिक, शान्त तथा प्रेरणादायक बताउनुभयो । सो अवसरमा विशेषगरी मायादेवी मन्दिर क्षेत्रमा भक्तजनको भीड देखिन्छ । स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा पुज्ने गर्छन् ।

“विशेष भव्यता र व्यवस्थापनका साथ अहिले पाँच दिनसम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइन्थ्यो”, पर्यटन व्यवसायी हुसेनी लोधले भन्नुभयो । अभियानकर्ता मेघनाथ आचार्यका अनुसार यो मेलाले पर्यटनमा केही सुधार ल्याएको छ । यातायात र हस्तकला बिक्रीमा वृद्धि भएको छ । वैशाख पूर्णिमाका अवसरमा लुम्बिनी विकास कोषले लाखौँ खर्च गरेर मनाउने बुद्धजयन्ती तथा लुम्बिनी महोत्सवभन्दा स्वःस्फुर्त लाग्ने यो मेलामा बढी धार्मिकता र रौनकता देखिन्छ । यद्यपि लुम्बिनीमा भीड व्यवस्थापन, पार्किङ समस्या, शौचालय, खानेपानीको र धुलाम्मे मेलास्थलमा परिवर्तन देखिएको छैन । तर पनि रुमिन्देइमाई र बुद्धजन्मस्थलप्रति स्थानीयको श्रद्धा र लगाव कायमै देखिन्छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार मेलास्थलमा शान्ति सुरक्षाको प्रबन्ध पर्याप्त छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले भन्नुभयो, “चैत्र पूर्णिमा महोत्सव लुम्बिनीको अन्तरराष्ट्रिय पहिचान बलियो बनाउने अवसरमात्र नभई धर्मिक आस्था, सांस्कृतिक ऊर्जा र पर्यटनको समुचित मिश्रण पनि हो ।” उहाँले भविष्यमा अझ प्रभावकारी व्यवस्थापन र स्मार्ट मेला प्रणाली लागू गरेर अझ सभ्य बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “लुम्बिनीको चैत्र पूर्णिमा मेला बौद्धकालीन मानिन्छ । यो केवल धार्मिक उत्सव मात्र होइन, सांस्कृतिक विविधता, मानवताबीचको एकता र सद्भावको प्रतीक पनि हो । यसले न केवल स्थानीय समुदायलाई एकत्रित गर्छ, अपितु विश्वभरका बौद्धमार्गीलाई पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्दछ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धीचरण भट्टराईले भन्नुभयो, “यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सबै पक्षले मिलेर काम गर्न अत्यावश्यक छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन
पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन
बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ यात्रुले उपत्यका छाडे
बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ यात्रुले उपत्यका छाडे
इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते
इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल