बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ यात्रुले उपत्यका छाडे

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २७, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ यात्रुले उपत्यका छाडे

सारांश

  • राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्कन थालेका छन्।
  • काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ ।
  • दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो।

बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।

राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्कन थालेका छन्।

काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको जानकारी दिए।

२४ घण्टामा फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन्।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए।

‘दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,’ उनले भने।

असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।

दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा
भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा
नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने
नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने
सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने
सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने
आज विश्व वातावार‌ण दिवस मनाइँदै
आज विश्व वातावार‌ण दिवस मनाइँदै
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ