२६ जेष्ठ २०८२, आईतवार

एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली

 

२९ चैतः काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवलमा आयोजना हुने विशेष जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदैछन् । पार्टीले राजावादी गतिविधिहरूप्रति खबरदारी गर्न देशव्यापी रूपमा सुरु गरेको जागरण कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय सभा बुटवल मण्डप अगाडिको खुला चौरमा आयोजना गरिएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार, प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल लगायत पार्टीका शीर्ष नेताहरूले सभामा सम्बोधन गर्ने छन् । कार्यक्रमलाई भव्य बनाउन बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र सवारीसाधनसहितको र्याली निकालिनेछ । पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमका विभिन्न स्थानबाट र्यालीका सहभागीहरू अस्पताल लाइनमा भेला भएर रामनगरस्थित कार्यक्रमस्थल पुग्नेछन्।

सभास्थलको रूपमा चयन गरिएको बुटवल मण्डप अगाडिको बालउद्यान क्षेत्र अहिले निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल हो । कार्यक्रमस्थलको क्षेत्रफल लगभग ३० हजार स्क्वायर फिट रहेको र अधिकतम २० हजार सहभागी अटाउन सक्ने अनुमान गरिएको छ ।सभाका लागि रुपन्देहीका सबै १६ वटा पालिकासहित नवलपरासी, कपिलवस्तु, पाल्पा र अर्घाखाँचीबाट पार्टीका नेता तथा कार्यकर्ताहरू बुटवल ल्याइँदैछ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार प्रधानमन्त्रीको आगमनका लागि सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?