एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४६ पटक हेरिएको
Shares
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवलमा आयोजना हुने विशेष जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदैछन् ।
  • पार्टीले राजावादी गतिविधिहरूप्रति खबरदारी गर्न देशव्यापी रूपमा सुरु गरेको जागरण कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय सभा बुटवल मण्डप अगाडिको खुला चौरमा आयोजना गरिएको हो ।
  • एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार, प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल लगायत पार्टीका शीर्ष नेताहरूले सभामा सम्बोधन गर्ने छन् ।

२९ चैतः काठमाडौँ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवलमा आयोजना हुने विशेष जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदैछन् । पार्टीले राजावादी गतिविधिहरूप्रति खबरदारी गर्न देशव्यापी रूपमा सुरु गरेको जागरण कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय सभा बुटवल मण्डप अगाडिको खुला चौरमा आयोजना गरिएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार, प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल लगायत पार्टीका शीर्ष नेताहरूले सभामा सम्बोधन गर्ने छन् । कार्यक्रमलाई भव्य बनाउन बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र सवारीसाधनसहितको र्याली निकालिनेछ । पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमका विभिन्न स्थानबाट र्यालीका सहभागीहरू अस्पताल लाइनमा भेला भएर रामनगरस्थित कार्यक्रमस्थल पुग्नेछन्।

सभास्थलको रूपमा चयन गरिएको बुटवल मण्डप अगाडिको बालउद्यान क्षेत्र अहिले निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल हो । कार्यक्रमस्थलको क्षेत्रफल लगभग ३० हजार स्क्वायर फिट रहेको र अधिकतम २० हजार सहभागी अटाउन सक्ने अनुमान गरिएको छ ।सभाका लागि रुपन्देहीका सबै १६ वटा पालिकासहित नवलपरासी, कपिलवस्तु, पाल्पा र अर्घाखाँचीबाट पार्टीका नेता तथा कार्यकर्ताहरू बुटवल ल्याइँदैछ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार प्रधानमन्त्रीको आगमनका लागि सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृ*त्यु
उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृ*त्यु
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता