राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् ।
  • मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए ।
  • उनले भने, ‘हामीले देशलाई अहिलेको अवस्थाबाट अगाडि जान सक्दैँन्, पछाडि फर्किन्छ भनेर भनेको पनि होइन् ।

२६ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘हामीले देशलाई अहिलेको अवस्थाबाट अगाडि जान सक्दैँन्, पछाडि फर्किन्छ भनेर भनेको पनि होइन् । तर अब देश यही रहन सक्दैँन् देशलाई अगाडि जान छ । तर यही बाटोबाट देश अगाडि जान सक्दैँन् ।

त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै राजनीतिक शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी गरौं ।  हिजोका राम्रा कुराहरु समेटेर जाउ र अहिलेको पनि राम्रा कुराहरु समेटेर नयाँ समझदारी  गरौं । नेपालको मौलिक व्यवस्था निर्माण गरौं । जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी सबै अटाउने छन् ।’ यसको साथै, उनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन् ।

उनले भने, ‘राप्रपा कुनैपनि हिंसामा विश्वास गर्दैन् र जसले जे का लागि भएपनि गर्ने हिंसाको विरुद्धमा छ । चैत्र १५ गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो । त्यसका प्रति हामी खेद प्रकट गर्दछौ । त्यसको निन्दा गर्न चाहन्छौ । म अहिले पनि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो । त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो । त्यो भन्नमा कुनै आपत्ति छैन् । हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौ । हामी शान्तिपूर्ण प्रदर्शन र दबाबबाटै हाम्रो मान्यताहरु स्थापित गर्न सक्छौ भन्ने कुरामा विश्वस्त छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
एक महिनामा साढे ४ हजार सवारी दुर्घटना, १९९ जनाको मृत्यु
एक महिनामा साढे ४ हजार सवारी दुर्घटना, १९९ जनाको मृत्यु
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय
केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना