Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
९० पटक हेरिएको
Shares
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण

सारांश

  • धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ ।
  • मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका–१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।
  • नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो ।

 

 २ जेठ, जनकपुर ।

धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ । मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका–१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।

नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो । त्यसैका आधारमा उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख उमेश साहले जानकारी दिनुभयो । मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायतले उहाँहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्नुभयो । लालपुर्जा पाउने प्रक्रियाबाट वञ्चितलाई चाँडै कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष कोइरालाले लालपुर्जा वितरणमा राजनीति नगर्न आग्रह गर्दै जग्गाजमिनमा लामो समयदेखि बस्दै आएका तर स्वामित्वको आधिकारिक कागजात नभएकाको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २ नं नापी टोलीका प्रमुख शियाराम साह, मिथिला–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो र वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतो, नेपाली कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महतोलगायतको उपस्थिति रहेको थियो । धनुषामा ७५ वटा गाउँब्लक रहेका छन् । यसमा ७२ गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । बाह्र गाउँब्लकको पुर्जा वितरण भइसकेको प्रमुख साहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार