सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
४१ पटक हेरिएको
Shares
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

सारांश

  • बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
  • बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो ।
  • बागलुङमा चैते दसैँलाई भव्य रूपमा बनाउने गरिन्छ ।

 

२३ चैत, ढोरपाटन (बागलुङ) :

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो । बागलुङमा चैते दसैँलाई भव्य रूपमा बनाउने गरिन्छ ।

चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ । मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

चैते दसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत २० गतेदेखि सुरु भएको छ । मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले बताउनुभयो । मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश