टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् ।
  • शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् ।
  • अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए ।

२० मंसिर, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् । शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए । ‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइरहेको छ,’ उनले भने ।

उनले रुख कटानीमा ढिलो भएको भन्दै ललितपुर महानगरपालिकामा परेको केही स्थानमा बिरोध भएका कारण पनि काम ढिलो भएको बताए । उनले भने, ‘काम दुईवटा कारणले ढिला भएको छ । एउटा रुख कटानीमा करिब डेढ÷दुई वर्ष लाग्यो । यसको केही हिस्सा ललितपुर महानगरपालिकापट्टि पर्छ । त्यो क्षेत्रमा केही स्थानीयहरुको बिरोध भइरहेकोले काम गर्न सकिएको छैन । त्यसले गर्दा काम ढिलाई भइरहेको छ ।’ उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए ।

निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता दिएको पनि उनले जानकारी दिए । एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएके समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।
हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक