Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
१०८ पटक हेरिएको
Shares
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् ।
  • शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् ।
  • अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए ।

२० मंसिर, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् । शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए । ‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइरहेको छ,’ उनले भने ।

उनले रुख कटानीमा ढिलो भएको भन्दै ललितपुर महानगरपालिकामा परेको केही स्थानमा बिरोध भएका कारण पनि काम ढिलो भएको बताए । उनले भने, ‘काम दुईवटा कारणले ढिला भएको छ । एउटा रुख कटानीमा करिब डेढ÷दुई वर्ष लाग्यो । यसको केही हिस्सा ललितपुर महानगरपालिकापट्टि पर्छ । त्यो क्षेत्रमा केही स्थानीयहरुको बिरोध भइरहेकोले काम गर्न सकिएको छैन । त्यसले गर्दा काम ढिलाई भइरहेको छ ।’ उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए ।

निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता दिएको पनि उनले जानकारी दिए । एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएके समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार
ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपा केन्द्रीय समितिको बैठक जारी
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला