निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा

सारांश

  • संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन गर्न दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलन थालेका छन् ।
  • सोमबार माइतीघर मण्डालामा धर्ना दिँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलन सुरु गरेको हो ।
  • उनीहरुले निजामतिको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन् ।

१५ असोज, काठमाडौं । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन गर्न दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलन थालेका छन् ।

सोमबार माइतीघर मण्डालामा धर्ना दिँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलन सुरु गरेको हो । उनीहरुले निजामतिको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्नेसहित स्थानीय सेवाबाट प्रदेश र संघीय निजामति सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग समेत राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न सुरु भएको हो ।

सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ । स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरत सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने माग उनी स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ