Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
६३ पटक हेरिएको
Shares
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु

सारांश

  • अफगानिस्तान सँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ ।
  • उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।
  • ‘एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,’ स्रोतले भन्यो।

 

 

१६ चैत, अफगानिस्तान ।

अफगानिस्तान सँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।

‘एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,’ स्रोतले भन्यो। घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।प्रहरी अधिकारी मोहसिन अलीले एएफपीलाई बताएअनुसार पृथकतावादीहरूले मोटरसाइकलमा राखेको बम विस्फोटमा परी बलुचिस्तानको दक्षिणमा एक सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ ।

गत महिना आतङ्ककारीहरूले सयौं रेल यात्रीहरूलाई बन्धक बनाएका थिए र सेवामा रहेका दर्जनौ सैनिकहरूको हत्या गरेका थिए । चिनियाँ पूर्वाधार रहेको संवेदनशील क्षेत्र ग्वादर जिल्लामा सेनाको गाडी गुडिरहेको बेला भएको विस्फोटमा तीन सैनिक र एक सर्वसाधारण घाइते भएका छन् ।​​​​​​​ खैबर पख्तुनख्वा र बलुचिस्तानमा सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहले यस वर्षको सुरुदेखि गरेको आक्रमणमा परी अहिलेसम्म १९० भन्दा बढीको मृत्यु भइसकेको छ ।


तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) भनिने पाकिस्तानी तालिबानले मार्चको मध्यमा सुरक्षा बलविरुद्ध ‘वसन्त अभियान’ को घोषणा गरेको थियो । इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज’का अनुसार गत वर्ष पाकिस्तानमा करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष थियो, जहाँ आक्रमणमा परी एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो । यो हिंसा अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमा क्षेत्रमा मात्र सीमित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
सबै नेता उस्तै हो भन्नु गलत हो : प्रचण्ड दाहाल
सबै नेता उस्तै हो भन्नु गलत हो : प्रचण्ड दाहाल
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस
आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
दुई टी–२० अभ्यास खेल आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
दुई टी–२० अभ्यास खेल आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित