मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

सारांश

  • खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
  • उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए ।
  • मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे ।

 

१४ चैत,  काठमाडौं ।

खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए ।
मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे ।

उनले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।’ मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा निकै प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर झन् बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए । उनले भने, ‘भूकम्प लगायत विभिन्न प्राकृतिक विपत्तिहरूमा जापानी जनता, सरकार, गैरसरकारी संस्था तथा विश्वविद्यालयहरूबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्व दिँदै आएको छ ।’ मन्त्री यादवले जापान सरकारले विगतदेखि नै नेपालका खानेपानी परियोजनाहरूमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६  देखि पाल्पाको तानसेन खानेपानी परियोजना,

 

सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए । त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालसालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको महत्वपूर्ण भूमिका रहेकोमा उनले जापान सरकारलाई विशेष धन्यवाद पनि दिए । सोही अवसरमा राजदूत माएदा तोरूले जापान सरकार नेपालमा विगतदेखि नै विभिन्न विकासका परियोजनाहरूमा संलग्न रहँदै आएको र आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने हेतुले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटना : प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
तीनकुने घटना : प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ : मन्त्री भण्डारी
औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ : मन्त्री भण्डारी
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु