काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल

सारांश

  • चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ ।
  • समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्व राजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

१० चैत काठमाडौँ ।

चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्व राजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ । समाजवादी मोर्चा र प्रसाईँको नेतृत्वमा हुने पुर्वराजा समर्थको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले बताए ।

केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए । बैठकमा पूर्वराजा समर्थकहरुको गतिविधि, स्वर्गद्वारी पीडितहरूको प्रदर्शन र अस्थायी शिक्षकहरूले गर्ने भनिएको प्रदर्शनबारे छलफल भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’को प्रदर्शनलाई पनि केन्द्रीय सुरक्षा समितिले ‘सुरक्षा चुनौती’ भनेर विश्लेषण गरेको छ । फागुन १८ मा बानेश्वरको बेकरी क्याफे अगाडी झडप हुँदा ‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’का प्रदर्शनकारीले डीएसपी गंगा पौडेललाई आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका थिए ।

त्यसबेला पक्राउ परेका ५ महिला र ७ पुरुष माफी मागेर छुटेका छन् । प्युठानको स्वर्गद्वारी गुठीको नाममा दाङमा जग्गा छ । सो जग्गामा आफूहरूले खेतीपाती गरिरहेको हुनाले आफूहरूलाई मोहियानी हक दिनुपर्ने किशानहरुले माग राखेका छन् । उनीहरूले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित