सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

सारांश

  • नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो ।
  • सङ्घको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गर्नुभयो ।
  • सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ ।

लुम्बिनी (मर्चवार), ८ चैत : सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।

नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । सङ्घको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गर्नुभयो ।

सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आव २०८०/८१ मा सङ्घले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताउनुभयो । सङ्घले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिनुभयो ।

“हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौँ”, उहाँले भन्नुभयो, “यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।” आगामी दिनमा सबै सूचकाङ्कमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

सिद्धार्थनगरले मुलुकभरका नगरपालिकालाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको नगरपालिका सङ्घले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री
कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
कैलालीमा चट्याङ लागेर आज एक जनाको मृ*त्यु
कैलालीमा चट्याङ लागेर आज एक जनाको मृ*त्यु