वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१३९ पटक हेरिएको
Shares
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

सारांश

  • वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रू १० अर्ब १९ करोड अर्थात १५ प्रतिशत बढी आयात भएको हो ।
  • जबकी गत आवको नौ महिनामा भने रू ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।
  • वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए ।

वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रू ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रू १० अर्ब १९ करोड अर्थात १५ प्रतिशत बढी आयात भएको हो ।

जबकी गत आवको नौ महिनामा भने रू ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए ।  यो नाका हुँदै चालु आवको नौ महिनामा रू ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रू ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रू पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।

त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ५९ करोड मूल्यको मात्रै भएको थियो । चालु आवको नौ महिनामा रू पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने छ अर्ब ६१ करोड मूल्यको भएको थियो । चालु आवको नौ महिनामा रू दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडाहरु निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते