२६ जेष्ठ २०८२, आईतवार

मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ

 

२७ फागुन, जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई ३५ हजार घुसरकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment