च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य

सारांश

  •   टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २५१ रन बनाएको हो।
  • न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्हार गरे।
  • मोहम्मद शामीको बलमा रोहित शर्माको हातबाट क्याचआउट भएका ड्यारिल मिचेलले १०१ बलमा ६३ रन र नटआउट रहेका माइकेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेपछि न्युजिल्यान्ड २५१ रन बनाउन सफल भयो।

दुबईमा भइरहेको च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डले उपाधिका लागि भारतलाई २५२ रनको लक्ष्य दिएको छ।  टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २५१ रन बनाएको हो।

न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्हार गरे। मोहम्मद शामीको बलमा रोहित शर्माको हातबाट क्याचआउट भएका ड्यारिल मिचेलले १०१ बलमा ६३ रन र नटआउट रहेका माइकेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेपछि न्युजिल्यान्ड २५१ रन बनाउन सफल भयो।

उसका लागि विल योङले १५, रचिन रविन्द्रले ३७, केन विलियम्सनले ११, टम ल्याथमले १४, ग्लेन फिलिप्सले ३४, मिचेल स्यान्ट्नरले ८ रन बनाए। भारतले १६ अतिरिक्त रन दियो।  बलिङतर्फ वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट झार्दा मोहम्मद शामीले १ र रविन्द्र जडेजाले १ विकेट लिए। भारतका दुई बलर अक्षर पटेल र हार्दिक पाण्ड्या भने विकेटविहीन रहे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
आज कुन देशको मुद्राको विनिमयदर कति?
आज कुन देशको मुद्राको विनिमयदर कति?
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ