बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते
१२ फागुन, कास्की। बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।
उनका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् । यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ बस्ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड-९ खहरे बस्ने ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरे बस्ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment