सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते
५ फागुन, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा उखु बोकेको ट्रक दुर्घटना भएको छ। सोमबार दिउँसो ना ५ ख २८७० नम्बरको उखु लोड गरिएको ट्रक दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकका चालक र सहचालक सामान्य घाइते भएका छन्। दुर्घटना के र कति कारणले भएको र क्षतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment