अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार

सारांश

  • प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ ।
  • तर, भ्रष्टाचार विधेयकसँगै दर्ता भएर अगाडि बढेको अख्तियार ऐन संशोधन विधेयक भने संसदीय समितिमै छुटेको छ ।
  • दुवै विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो ।

 

५ फागुन, काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ । तर, भ्रष्टाचार विधेयकसँगै दर्ता भएर अगाडि बढेको अख्तियार ऐन संशोधन विधेयक भने संसदीय समितिमै छुटेको छ । दुवै विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्धी थिए ।

ओलीले ल्याएका दुवै विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । त्यसपछि प्रतिनिधि सभामा आउँदा पनि दुवै विधेयक एकसाथ अगाडि बढाइएको थियो । तर, पछिल्लो समयमा भ्रष्टाचार विधेयक अगाडि बढ्दा अख्तियार ऐन संशोधन विधेयक छुटेको हो । राष्ट्रिय सभाबाट पारित भएर आएको दुवै विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते ले सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि सभाले दुवै विधेयकमाथि दफावार छलफल गर्नका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो ।

राज्य व्यवस्था समितिले दुवै विधेयकमाथि छलफल एकसाथ अगाडि बढाएको थियो । राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो । तर, राजय व्यवस्था समितिले नै भ्रष्टाचार विधेयक पारित गरेर अख्तियार विधेयक थाँती राखेको हो । २०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गरेको थियो । तर, अख्तियार ऐन संशोधन विधेयक अगाडि बढाएन । त्यसयता, पनि समितिमा अख्तियार विधेयकमाथि छलफल हुन सकिरहेको छैन ।

राज्य व्यवस्था समितिले पास गरेर अगाडि बढाएको भ्रष्टाचार विधेयक सोमबार प्रतिनधि सभाबाट पारित नै गर्ने कार्यसूची छ । तर, अख्तियार ऐन संशोधन विधेयक भने राजय व्यवस्था समितिको प्राथमिकतामा पर्न सकेको छैन । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा प्रतिनिधि सभाको चालू अधिवेशनमै अख्तियार ऐन संशोधन विधेयक पनि अगाडि बढ्ने बताउँछन् ।

गत माघ ३० गते समितिको बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डे र कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार ऐन संशोधन विधेयक किन अगाडि नबढेको भनेर सोधेका थिए । जवाफमा समिति सभापति खतिवडाले अगाडि बढाइने प्रतिबद्धता जनाएका थिए । सभापति खतिवडाले भनेका थिए, ‘अख्तियार ऐन संशोधन विधेयक यही अधिवेशनमा हाउसमा जान्छ । माननीयज्युहरू ढुक्क हुनुहोला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै,
प्रतिनिधिसभा बैठक बस्दै,
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आज सुनको मूल्यमा सामान्य गिरावट
आज सुनको मूल्यमा सामान्य गिरावट
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी