२६ जेष्ठ २०८२, आईतवार

आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस

 

१ फागुन,  काठमाडौं : लोक सेवा आयोगले ​राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस गरेको छ। आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ र वैकल्पिक तीन उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौं चन्द्रागिरिका रोशन ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका यज्ञ पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया र कञ्चनपुर भीमदत्तका धर्मराज जोशी छन्।

यस्तै स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचौपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुङ्गा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गिरी र स्याङ्जा पुतलीबजारका टकनाथ लम्साल पनि सिफारिसमा परेका छन्। रहेका छन् । लोक सेवा आयोगको सिफारिससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको बढुवा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment