२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद

 

२१ माघ,  सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीबाट ठूलो मात्रामा अवैध लागू औषध गाँजा बरामद गरिएको छ। लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले प्रहरी निरीक्षक (प्र.नि.) सुजन पाठकको कमाण्डमा विशेष सुराकीका आधारमा उक्त गाँजा बरामद गरेको हो।

अस्थायी प्रहरी पोष्ट परवानिपुरको सहयोगमा गरिएको खोजतलासका क्रममा कालिन्जोर खोलाको उत्तरपट्टि लुकाई राखिएको अवस्थामा २२ वटा पोका फेला परेको थियो। प्रत्येक पोकामा ५-५ केजी गाँजा गरी जम्मा ११० केजी अवैध गाँजा बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। गाँजा रातो प्लास्टिकले बेरेर डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो। स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा गाँजा बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

गाँजा को कसले ल्याएको हो भन्ने विषयमा हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय सर्लाहीको विभिन्न क्षेत्रमा अवैध लागू औषध ओसारपसार तथा कारोबार बढ्दै गएको सुरक्षाकर्मीहरूले बताएका छन्। प्रहरीले लागू औषध तस्करी तथा बिक्री-वितरणमा संलग्न गिरोहको पहिचान गरी कडा कारबाही गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment