कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान

सारांश

  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
  • यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान भए पनि रातिमा भारी वर्षा हुने सम्भावना औंल्याइएको हो ।
  • विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

२६ असार, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान भए पनि रातिमा भारी वर्षा हुने सम्भावना औंल्याइएको हो ।विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहे पनि पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर (नेपाल तिर) सरेको छ । मनसुनी रेखा जता अवस्थित छ, त्यता बढी पानी पर्ने मौसमविदहरु बताउँछन् ।

महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।’ सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकावाला सबै निकायमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी