टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित

सारांश

  • टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो।
  • पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो।
  • तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्‍यो।

१५ माघ,  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो। पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो। तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्‍यो। आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित हासिल गर्‍यो। ‘जित्ने समूह’ अब आर्मीले भोलि भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ।

यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ। महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ। एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो। पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन्। पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन्। प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ
कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)