बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध

सारांश

  • जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वल नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
  • डीएसपी मधु नेपालले आज सूचना जारी गर्दै सकेसम्म अहिले यो सडकबाट यात्रा नगर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन्।
  • विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा लगातार क्षति पुर्‍याउँदै आएको छ।

२ असार, काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वल नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। डीएसपी मधु नेपालले आज सूचना जारी गर्दै सकेसम्म अहिले यो सडकबाट यात्रा नगर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन्। विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा लगातार क्षति पुर्‍याउँदै आएको छ।

त्यसैगरि दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई सवारी साधन सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ। ‘वर्षात्को कारण नारायणगढ बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह बढ्न गई सवारी आवागमन भइरहेको डाइभर्सनमा क्षति पुगेको कारण तथा निरन्तर वर्षाका कारण दुम्किवास दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको व्यहोरा यात्रु महानुभावहरुलाई जानकारी गराउँदै सकेसम्म यो क्षेत्रबाट याता नगरी अन्य रुटबाट यात्रा गर्न अनुरोध छ,’ डीएसपी नेपालले बिहीबार बिहान जारी गरेको सूचनामा भनिएको छ।

प्रहरीले विनयी खोला र दाउन्नेमा रोकिएका सवारी साधन सञ्चालनको लागि वैकल्पिक मार्ग पनि सुझाएको छ। पूर्ववाट पश्चिम जाने ठूला सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटबल निस्कन सक्ने प्रहरीको भनाई छ। त्यसैगरि पश्चिमबाट पूर्व जाने ठूला सवारी साधनहरु बुटबल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गन्तव्यमा जान सक्ने छन्। साना सवारी साधनको हकमा भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्ड भएर यात्रा गर्न सकिने प्रहरीको सूचनामा उल्लेख छ। बाढीले दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि यहाँ दिनहुँजसो यातायात अवरोध भइरहेको छ। यस वर्षमात्रै यो डाइभर्सन सात पटकसम्म बाढीले बगाएको छ।

हेर्नुहोस् प्रहरीको सूचना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव
निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी