१४ चैत्र २०८२, शनिबार

सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर

 

अमलेश शर्मा

२५ पुस, सर्लाही । सर्लाही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा तुलसी बहादुर श्रेष्ठले कार्यभार सम्हालेका छन्। पूर्व सिडिओ गोपाल कुमार अधिकारीको आठ महिनामै सरुवा भएपछि गृह मन्त्रालयको निर्णयअनुसार श्रेष्ठलाई सर्लाही पठाइएको हो।

उनले आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा औपचारिक रूपमा हाजिर गरेका छन्। श्रेष्ठलाई कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, र अन्य कर्मचारीहरूले स्वागत गरे। नयाँ सिडिओको रूपमा उनले स्थानीय प्रशासन, शान्ति सुरक्षा, र अन्य प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Post Comment

छुटाउनुभयो कि ?