Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?

सारांश

  • नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।
  • हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् ।
  • मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

 

२७ मंसिर,  परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् । नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।

हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची छिटै थाहा हुन्छ,’ स्रोतले भन्यो । राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् । राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्ली उड्नेछिन् ।

साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा सहभागी हुनेछिन् । विदेशमन्त्री जयशंकरसँग भेट्ने भ्रमणसूची तय भइनसके पनि दुई मन्त्रीहरुको भेट हुन सक्ने उच्च सम्भावना रहेको स्रोतले बतायो । मन्त्री राणा २२ मंसिरमा हेग उडेकी थिइन् । उनले त्यहाँ नेपालको तर्फबाट कुरा राख्दै विकसित मुलुकले उच्च कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकले विना गल्ती भोग्नुपरेको क्षतिबारे आवाज उठाएकी थिइन् । चीनबाट अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँगै फर्केकी राणाले लगत्तै भारत भ्रमण गर्न लागेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
६ महिनामा साढे २० अर्बको धानचामल आयात
६ महिनामा साढे २० अर्बको धानचामल आयात
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु
यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक