परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?

सारांश

  • नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।
  • हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् ।
  • मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

२७ मंसिर,  परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् । नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।

हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची छिटै थाहा हुन्छ,’ स्रोतले भन्यो । राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् । राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्ली उड्नेछिन् ।

साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा सहभागी हुनेछिन् । विदेशमन्त्री जयशंकरसँग भेट्ने भ्रमणसूची तय भइनसके पनि दुई मन्त्रीहरुको भेट हुन सक्ने उच्च सम्भावना रहेको स्रोतले बतायो । मन्त्री राणा २२ मंसिरमा हेग उडेकी थिइन् । उनले त्यहाँ नेपालको तर्फबाट कुरा राख्दै विकसित मुलुकले उच्च कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकले विना गल्ती भोग्नुपरेको क्षतिबारे आवाज उठाएकी थिइन् । चीनबाट अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँगै फर्केकी राणाले लगत्तै भारत भ्रमण गर्न लागेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ
सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत