२६ जेष्ठ २०८२, आईतवार

उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

 

१६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका-१६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।

पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताए । वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको उक्त पदमा उपनिर्वाचन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment