रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

सारांश

  • सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उहाँ मृत फेला पर्नुभएको थियो ।
  • जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो ।
  • आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

१७ फागुन,काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उहाँ मृत फेला पर्नुभएको थियो । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो ।

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर