२६ जेष्ठ २०८२, आईतवार

बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला

२० भदौ, विराटनगर । झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १०दिनपछि मृत अवस्थामा फेला परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो।

माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए। डाक्टर कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए। रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो।

मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिए। डाक्टर कोइराला भदौ १० गते देखि बेपत्ता भएका थिए। उनको गाडी, जुत्ता र मोवाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको र सीसी क्यामेराको फुटेज हेर्दा नदिमा हामफालेको आशंका गरिएको थियो। ३२ वर्षीय कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?