बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २०, २०८०
|
|
७२ पटक हेरिएको
Shares
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला

सारांश

  • झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १०दिनपछि मृत अवस्थामा फेला परेका छन्।
  • सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो।
  • माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

२० भदौ, विराटनगर । झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १०दिनपछि मृत अवस्थामा फेला परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो।

माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए। डाक्टर कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए। रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो।

मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिए। डाक्टर कोइराला भदौ १० गते देखि बेपत्ता भएका थिए। उनको गाडी, जुत्ता र मोवाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको र सीसी क्यामेराको फुटेज हेर्दा नदिमा हामफालेको आशंका गरिएको थियो। ३२ वर्षीय कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली